शेयर बजार ९ अङ्कले बढ्यो
काठमाडौं। शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव २५ अङ्कले बढेर दुई हजार ८६ दशमलव ८४ विन्दुमा पुगेको छ।
आज जलविद्युत्, व्यापार र लघुवित्तबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै आरबीबी म्युचल फन्ड–१ र स्टान्डर्ड चार्टड बैंकको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ। समग्रमा बजार बढे पनि प्रभु स्मार्ट फन्डको शेयर १० प्रतिशतले ओरालो लागेको छ।
आज दुई सय ६९ वटा कम्पनीका ९३ लाख ६१ हजार कित्ता शेयर एक अर्ब ८१ करोड २४ रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै शिवम् सिमेन्टको ११ करोड १९ लाख रुपैयाँको शेयर किनबेच भएको छ।