सुदूरपश्चिम प्रदेश सरकारले पायो पूर्णता,दुई मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

काठमाडौं। सुदूरपश्चिम प्रदेशका नवनियुक्त दुई मन्त्री र एक राज्‍य मन्त्रीले शपथ लिएका छन्। नागरिक उन्मुक्ति पार्टी र कांग्रेसबाट मन्त्री नियुक्त भएसँगै सुदूरपश्चिम सरकारले पूर्णता पाएको हो।

नव नियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीलाई प्रदेश प्रमुख देवराज जोशीले शपथ गराएका हुन्।

यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका कैलाश चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले सपथ गराएका थिए।

कैलाश चौधरी नागरिक उन्मुक्ति पार्टी कैलाली-१ (क)बाट प्रदेशसभा सदस्‍यमा निर्वाचित भएका हुन्।

नागरिक उन्मुक्ति पार्टी र कांग्रेसबाट मन्त्री नियुक्त भएसँगै सुदूरपश्चिम सरकारले पूर्णता पाएको हो।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नागरिक उन्मुक्तिका रामेश्वर चौधरी र राज्यमन्त्रीमा नागरिक उन्मुक्तिकै कैलाश चौधरी नियुक्त भएका छन्। यस्तै, आन्तरिक मामिला तथा कानून मन्त्रीमा कांग्रेसका शिवराज भट्ट नियुक्त भएका छन्।

बुधबार साँझ एक समारोहबीच प्रदेश प्रमुख देवराज जोशीले मन्त्रीद्वयलाई शपथ खुवाएका हुन् भने मुख्यमन्त्री कमलबहादुर शाहले राज्यमन्त्री चौधरीलाई शपथ ग्रहण गराएका हुन्।