एयरपोर्टबाट बरामद भएको एक क्विन्टल सुन पगालिँदै

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरिबाट बरामद गरिएको क्विन्टल सुन आजबाट जोखिने भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राष्ट्र बैंकको टक्सार महाशाखालाई पत्र लेखेपछि आजदेखि सुन पगालेर जोखिने भएको हो।

टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार आजबाट सुन पगालेर जोख्न सुरु गरिनेछ। राजश्व अनुसन्धान विभागले साउन ३ गते विमानस्थलको भन्सार पास भएर बाहिरिएको अवस्थामा सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो।

हङकङबाट मोटरसाइकल र स्कुरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो। त्यसबेला ब्रेक शुसहितको तौल लिइएको थियो।