महरा मात्र होइन,मेरो नाम आए मलाई पनि हत्कडी लगाउँदा हुन्छ: प्रधानमन्त्री प्रचण्ड

फाइल तस्वीर

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानको क्रममा नाम जोडिएर आए आफ्नो पार्टी मात्र होइन,आफ्नै परिवारका सदस्यलाई पनि नछाड्ने बताएका छन्।

सोमबार पार्टीको बागमती प्रदेश कमिटी बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले नाम जोडिए आफैंलाई हत्कडी लगाएर थुने हुन्छ भनेका छन्।

‘महराजीको र उहाँका परिवारका सदस्यहरूको बारेमा मिडियामा आइरहेकै छ,सरकारले कारबाही गर्न भनेको छ,प्रचण्डले भनेका छन्।   खोज्दै जाँदा मेरो नाम आएछ भने मलाई पनि हत्कडी लगाएर थुने हुन्छ उनले भने।

भेपमा लुकाएर ९ किलो सुन ल्याएको आरोपमा पक्राउ परेका चिनियाँ व्यापारीसँग माओवादी नेता कृष्णबहादुर महरा र उनका छोराहरुको पटक पटक टेलिफोन सम्पर्क देखिएको सीआईबीले जनाएको थियो।

प्रचण्डले सम्बोधनको क्रममा आफ्नो पार्टी,आफ्नो परिवारको भनेर कसैलाई पनि नछाडिने बताए । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार सम्बन्धी कामले सरकार अप्ठ्यारोमा नपरेको जिकिर गरेका छन्।

भ्रष्टाचार सम्बन्धी कामले सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने कुरा विल्कुल सही होइन’ उनले भने, ‘सरकार विल्कुल ठिक ठाउँमा छ, सुरक्षित रहेकाे छ।