ओली पुगेको एलओडी क्लब कर छलीमा संलग्न

फाइल तस्वीर

काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी ओलीले रात्रिकालीन बजारको मनोरञ्जन लिएको एलओडी (लर्ड अफ र ड्रिङ्क्स) नाइट क्लब कर छलीको अनुसन्धानमा तानिएको छ।

रात्रीकालीन मनोरञ्जनमा कहलिएको एलओडी कर छली प्रकरणमा तानिएसँगै बैंक खाता समेत नियन्त्रणमा परेका छन्।

गएको शुक्रबार राजस्व अनुसन्धान विभागले चलाएको अभियानको क्रममा क्लब प्रवेश गर्नेसँग मोटो रकम उठाउने तर, कर दाखिला नगर्ने पाइएपछि छानबिन सुरु भएको हो।

विभागले क्लब सञ्चालक रुदीप श्रेष्ठ, भुपेन कुवँर,राजु सिंह सुवाल र श्याम सुन्दर अग्रवाललाई हाजिर हुन पत्र पठाएको खुलेको छ।

अनुसन्धान जारी रहेकाले यसबारे थप विवरण भने खुल्दै जाने अपेक्षा गरिएको छ। यो क्लब विश्वका सय उत्कृष्ट क्लबको ४९ स्थानमा परेको थियो।