ललितानिवास जग्गा प्रकरणका दुई आरोपी रिहा

फाइल तस्वीर

काठमाडौं। ललितानिवास जग्गा प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका आरोपीमध्ये दुई जना रिहा भएका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा रहेका मालपोत कार्यालयका तत्कालीन प्रमुख धर्म गौतम र समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरेलाई जिल्ला अदालत काठमाडौंले रिहा गर्न आदेश दिएको हो।

उमेर र स्वास्थ्यको कारण देखाएर उनीहरुलाई रिहा गर्न आदेश दिएको हो । तर, अदालतले मुद्दा बुझाउँदा सँगै उपस्थित गराउन निर्देशन दिएको सीआईबीले जनाएको छ।

सीआईबीका एसपी नवराज अधिकारीका अनुसार अन्य आरोपितलाई भने जिल्ला अदालतले ५ दिन थप हिरासतमा राख्न अनुमति दिएको छ।

ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ।