आज कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) रहेको छ।
न्यून चापीय रेखा नेपाल तर्फ रहेकाले पुन नेपालमा धेरै वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आँशिकदेखि सामान्य बदली रहेको छ। देशको पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन रचट्याङ सहित हल्का वर्षा भइरहेको छ।
आज बिहीबार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागको केहि स्थानहरुमा र बाँकी भूभागको थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै कोशी र बागमती प्रदेशका एकदुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
त्यस्तै आज राती देशभर आँशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश र गण्डकी प्रदेशको केहि स्थानहरुमा तथा बाँकी थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।