सत्तापक्ष र प्रतिपक्ष मिलेर संसदलाई बन्धक बनाए: सांसद सिंह
काठमाडौं । प्रतिनिधि सभा सांसद अमरेशकुमार सिंहले सरकार जनताप्रति उत्तरदायी नबन्नका लागि समिति नेतृत्व चयन नगरेको आरोप लगाएका छ।
आज सिंहदरबारमा सञ्चराकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले समिति सभापति चयन गर्न नै नचाहेको आरोप लगाए । उनले अहिले सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर संसदलाई बन्धक बनाएको आरोप लगाए।
उनले सरकारले समिति सभापति चयन गर्न नै नचाहेको बताए। ८ महिना भइसक्दा समेत समितिले नेतृत्व पाउन नसकेको भन्दै उनले भने, ‘सरकार जनताप्रति उत्तरदायी नबन्नका लागि समिति चयन हुनुपर्छ। तर सत्ता पक्ष र विपक्षको लडाईंका कारण लोकतन्त्र रहन्छ की रहँदैन भन्ने शंका छ।
उनले अहिले सत्ता पक्ष र विपक्षमा दुबैतिर कम्युनिष्ट रहेको भन्दै उनले काँग्रेस पुच्छरको भूमिका रहेको बताए।