दोषी छुटाउन पार्टीका बैठकले निर्देशन दिन मिल्दैन: गृहमन्त्री श्रेष्ठ
काठमाडौं। बालुवाटारमा सत्ता गठबन्धनको बैठकले शीर्ष नेताहरुमाथि लागेका आरोपमा सफाई दिने निर्णय धमाधम गरिरहेकाबेला उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दोषीलाई छुटाउन पार्टीको बैठकले निर्देशन दिन नमिल्ने दाबी गरेका छन्।
गठबन्धनका नेताहरुलाई बचाउन लागेको आरोप अस्वीकार गरेका मन्त्री श्रेष्ठले सरकार वा मन्त्रीहरुले अनुसन्धानमा हस्तक्षेप गर्न नमिल्ने तर्क अघि सारेका छन्।
यद्यपी केहिदिन पहिले मात्रै सीआईबीले ललिता निवास प्रकरणमा बयानको तयारी गरेका नेताहरु माधव नेपाल र बाबुराम भट्टराईलाई बयान नै लिएन भने, उपेन्द्र याददवमाथि छानबिन हुने देखिएपछि सरकार गौर प्रकरणबाट फिर्ता भइसकेको छ।