सशस्त्र प्रहरीमा ५६ एसपी र ८४ जना डीएसपीमा बढुवा सिफारिस
काठमाडौं। सशस्त्र प्रहरी बलका एकैसाथ ५६ जना डीएसपीको एसपीमा र ८४ जना इन्स्पेक्टरको डीएसपीमा बढुवाका लागि नाम सिफारिस गरिएको छ।
एसपीमा बढुवा सिफारिस हुनेमा २०६० भाद्र २९ गते भर्ना भएका सि.सं. ३ इन्स्पेक्टर टोलीबाट यसअघि २९ जना एसपी भइसकेका छन् भने बाँकी रहेका सबै ५६ जना आज एसपीमा सिफारिस भएका हुन्।
यसैगरी २०६४ सालको सि।सं। ७ बाट यसअघि ५६ जना डीएसपीमा बढुवा भइसकेका छन् भने आज बाँकी ८४ जना बढुवा सिफारिस भएका हुन्।
यसैगरी २०६६ मंसीर २१ गते भर्ना भएका सि.सं. ८ सशस्त्र प्रहरी निरीक्षकको टोलीबाट ११ जनासमेत डीएसपीमा बढुवाका लागि सिफारिस भएका छन्।
दुवै टोलीबाट योग्यता,कार्यक्षमता,तालिम,कार्यसम्पादन मूल्यांकनलाई आधार बनाएर डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ।
सशस्त्र बलले गत असार ३१ गते एसएसपीदेखि सहायक हवलदारसम्मको बढुवाका लागि सूचना प्रकाशित गरेको थियो। जसअनुसार करिब १ महिनाको बीचमा एसएसपी १२ ,एसपी ५६ ,डीएसपी ८४ ,इन्सपेक्टर ७३ , वरिष्ठ सइ ५० , सइ १ सय ४३ , असइ ८२, वरिष्ठ हवल्दार १ सय १८, हवल्दार १ हजार ९ सय २५ र सहायक हवल्दारमा ३ हजार ८ सय ७० गररी कुल ६ हजार ४ सय १३ जनाको बढुवा भएको छ।