राष्ट्रपति पौडेलद्वारा विभिन्न देशका राजदूत नियुक्त
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सुधीर भट्टराईलाई गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूत पदमा,तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवासीय राजदूत पदमा र घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन्।
राष्ट्रपति पौडेलले उनीहरुलाई आज नेपालको संविधानको धारा २८२ को उपधारा (१)बमोजिम नेपाल सरकार,मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गरेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।