सुन तस्करीको अनुसन्धान र थप प्रमाण जुटाउन सिआइबीका एसएसपी हङकङमा

काठमाडौं। नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्य ६० किलो सुन तस्करीको अनुसन्धान र थप प्रमाण जुटाउन हङकङ प्रस्थान गरेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसएसपी आचार्य गएराति हङकङ प्रस्थान गरेका हुन्।

प्रहरीले चीन, हङकङ, सिंगापुर, भारतलगायतका देशसँग सुन तस्करीमा संलग्न सञ्जालको खोजीका लागि सहयोग गर्न इन्टरपोलमार्फत पत्राचार गरिसकेको छ।

गएको असार २९ मा हङकङबाट ब्रेक शुभित्र लुकाएर सुन ल्याएको खुलेको थियो। साउन २ गते भन्सार जाँचपास गरेर पार भइसकेको सामान राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो।