आजको मौसम पूर्वानुमान

काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर–पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेस,बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र बाँकी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति भने कोशी, मधेस र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र देशका बाँकी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

हल्का तथा मध्यम वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।