पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरूद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपालले आज विरोध प्रदशन गर्दै
काठमाडौं। नेपाल सरकार र नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपालले आज विरोध प्रदशन गर्ने भएको छ।
निगमले जनताको ढाड सेक्ने गरी इन्धनमा भारी मुल्य वृद्धि गरेकोले आज दिउँसो १२ बजे निगमको केन्द्रीय कार्यलय टेकुमा विरोध प्रदशन गर्ने केन्दीय सदस्य शिलु न्यौपानेले जानकारी दिनुभयो।
क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालको आयोजनामा बिरोध प्रदर्शन राखिएको हुँदा सम्पूर्ण देशभक्त जनताहरूलाइ विरोध कार्यक्रममा उपस्थितिको लागि अनुरोध गरिएको नेता न्यौपानेले बताएकी छन्।
सरकारले मूल्य वृद्धि गरेर जनताको जनजीविका कष्टकर बनाएकोले तत्काल मूल्य वृद्धि फिर्ता लिन निगमको कार्यलय घेराउ गर्न लागिएको नेता न्यौपानेले बताएकी छन्।
त्यस्तै पेट्रोल प्रतिलिटर ४, डिजेल र मट्टितेल प्रतिलिटर ३ र एलपी ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको निगमले विज्ञप्ति प्रकाशित गरेर जानकारी गराएको थियो। निगमले मूल्यवृद्धि राति १२ बजेदेखि लागू हुने गरि वृद्ध गरेकाे थियो।
इण्डियन आयल कर्पोरेशनबाट बिहीबार मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।
निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमशः प्रति लिटर रु ३.१७ र रु २.४८ तथा एलपि ग्यासको मूल्यमा प्रति सिलिण्डर रु १८६.४५ ले वृद्धि भएर आएको छ।