ललिता निवास जग्गा प्रकरण : १८ प्रतिवादीको बयान पूरा
काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा हिनामिनामा संलग्न १७ जना प्रतिवादीको बयान पूरा भएको छ ।
न्यायाधीश भोलानाथ ढकालको इजलासमा शुक्रबारसम्म १८ प्रतिवादीले बयान दिएका हुन् । बालुवाटारको जग्गा हिनामिनामा संलग्न आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १८ जनालाई पक्राउ गरेको थियो।
भदौ ११ बाट थुनामा रहेका प्रतिवादीहरुको बयान सुरु भएको थियो। आइतबारदेखि सो मुद्दाको थुनछेक बहस सुरु हुने छ । बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना भएको सीआईबीको अनुसन्धान निष्कर्ष छ । जिल्ला सरकारी वकिल कार्यालयले २८९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
सरकारी वकिलले जग्गा फिर्ता गर्ने प्रयोजनका लागि मृत्यु भएका २१ जनालाई पनि प्रतिवादी कायम गरेको छ ।