पेट्रोलियम पदार्थको मुल्य वृद्धिविरूद्ध विरोध प्रदर्शन
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरिएको भारी मुल्य वृद्धिको विरोधमा प्रदर्शन गरिएको छ।
सरकारले पटक पटक जनताको ढाड सेक्ने गरि गरिएको पेट्रोलियम पदार्थको मुल्य वृद्धिविरुद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले आयल निगमको केन्द्रिय कार्यलय घेराउ तथा विरोध प्रर्दशन गरेको थियो।
उक्त विरोध प्रदर्शन कार्यक्रमलाइ सम्बोधन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य हरिकृष्ण गजुरेलले गर्नु भएको थियो।
उहाँले भन्नुभयो अहिलेको सरकार जनताको सरकार नभएर दलालहरूको सरकार भएकाले जनताहरूले दुख पाएको बताएका छन्। स्वचालित मूल्य वृद्धको नाममा जनताको ढाड सेक्ने काम गरेको नेता गजुरेलले बताएका छन्।
उक्त विरोध कार्यक्र नारा जुलुससहित नेपाल आयल निगमको गेटमा धर्ना जुलुशसहित कोण सभाको आयोजना गरिएको थियो। कार्यक्रमको संचालन क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेपालका भक्तपुर जिल्ला संयोजक रोधनले गरेका थिए।
त्यस्तै जनतामारा सरकार मुर्दावाद, जनतामारा आयल निगम मुर्दावाद भन्ने प्लेकार्ट बाेकेर पनि विराेध गरेका थिए।