नागढुंगा सुरुङ मार्ग प्रभावितलाई तत्काल राहत दिन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागढुंगा प्रभावित क्षेत्रका जनतालाई ७ दिनभित्र राहत दिन नागढुंगा सुरुङ मार्गका प्रमुखलाई निर्देशन दिएका छन्।
जनतासँग माओवादी विशेष अभियानका क्रममा चन्द्रागिरि–२ पुगेका प्रचण्डलाई आयोजना प्रभावित क्षेत्रका जनताले कुनै राहत नपाएको गुनासो पोखेपछि उनले निर्देशन दिएका हुन्।
अभियान कार्यक्रमस्थलबाटै बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्मालाई फोन गर्न लगाएर उनले सात दिनभित्र रिपोर्ट पेश गर्न प्रमुख नवीनमान श्रेष्ठलाई निर्देशन दिएका हुन्।