महानगरका गाडी रोके सिंहदरबारमा आगो लगाइदिन्छु: मेयर बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकिए सिंहदरवारमा आगो लगाइदिने धम्की दिएका छन्।
सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस आज राती लेख्दै मेयर बालेनले उत्तेजक अभिव्यक्ति दिंदै सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका हुन्।
सरकारले महानगरपालिकाको गाडी रोकेको भन्दै भोलिदेखि कुनै पनि गाडी रोके सिंहदरबारमा नै आगो लगाइदिने चेतावनी दिएका हुन् । उनले सरकारलाई चोर सरकारको संज्ञासमेत दिएका छन् ।
उनले महानगरको गाडी सरकारले आज रोकेकोमा उनले आपत्ति जनाएका हुन्। उनले सरकारले आजको लागि महानगरपालिकाको कुनै पनि गाडी रोकेपनि भोलि शशक्त आन्दोलन गर्ने सरकारलाई चेतावनी दिएका हुन्।
उनले लेखेका छन्, ‘आजको लागी केहि भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार।