संविधान दिवस ३ दिनसम्म मनाउने सरकारको निर्णय
काठमाडौं । सरकारले संविधान दिवस ३ दिन मनाउने निर्णय गरेको छ। आइतबार बिहान सिंहदरबारमा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित ३ दिन असोज २, ३ र ४ गते भव्यरूपमा मनाउने निर्णय गरेको हो ।
असोज २ गते विशेष संवाद, जनचेतनामूलक कार्यक्रम, संविधान दिवस विशेषांक प्रकाशन, अन्तरक्रिया, दीपावलीलगायतका कार्यक्रम हुनेछन्।
त्यस्तै असोज ३ गते सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस विशेष समारोह गर्ने, विभिन्न मठ, मन्दिर, गुम्बा, धार्मिक एवं सांस्कृतिक संघसंस्था, शैक्षिक प्रतिष्ठानहरूमा संविधान दिवस बनाउने र साँझ दीप प्रज्ज्वलन गर्ने लगायतका कार्यक्रम तय गरिएको छ।
असोज ४ गते जागरणमूलक कार्यक्रमका साथै दीप प्रज्जवल गर्ने र नेपालस्थित नेपाली दूतावास, कुटनीतिक नियोग तथा वाणिज्य दूतावासका साथै उपत्यकाबाहिर पनि विविध कार्यक्रम हुनेछन्।