एसिया कप क्रिकेटमा आज नेपाल भारतसँग भिड्दै
काठमाडौं । एसिया कप क्रिकेटमा सोमबार नेपालले भारतको सामना गर्दैछ। यो खेल श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालमा नेपाली समय अनुसार दिउँसो सवा तिन बजे सुरु हुनेछ । यो खेलको विजेता टोली प्रतियोगिताको शिर्ष चारमा प्रवेश गर्नेछ।
यो समुहबाट दुई खेलमा तिन अंक जोड्दै पाकिस्तान यसअघि नैं शिर्ष चारमा पुगिसकेको छ। पाकिस्तानले पहिलो खेलमा नेपाललाई हराएको थियोभने भारतसँगको दोस्रो खेल वर्षाले रद्द भएपछि अंक बाँडेको थियो।
भारतविरुद्धको सोमबारको खेल नेपालको लागि कठिन हुनेछ। श्रीलंकामा सोमबार पनि आँधी तथा वर्षाको पुर्वानुमान गरिएकोले खेल प्रभावित हुनसक्ने बताईएको छ। खेल रद्द भएको अवस्थामा भारत शिर्ष चारम प्रवेश गर्नेछ। नेपालको लागि भने शिर्ष चारमा प्रवेश गर्न भारतलाई हराउनैपर्ने हुन्छ।
नेपाल र भारतका सिनियर क्रिकेट टोलीचिब पहिलो पटक एक दिवसिय क्रिकेट हुन लागेको हो। यसअघि उमेर समुहमा भने नेपालले एकपटक भारतलाई पराजित गरेको छ।
सन् २०१७ को नोभेम्बर १२ मा पाकिस्तानमा भएको एसिसि युथ नाइन्टीन एसिया कप क्रिकेटमा नेपालको युवा टोलीले भारतलाई हराएको थियो। सोही हारको बाबजुद भारत प्रतियोगिताको समुह चरणबाटै बाहिरिएको थियो।
उक्त टोलीका ६ जना खेलाडीहरु दिपेन्द्र सिंह ऐरी,रोहित पौडेल, भिम सार्की, आशिफ सेख, सन्दिप लामिछाने र किशोर महतो अहिले नेपाली राष्ट्रिय टोलीबाट भारतविरुद्ध मैदानमा उत्रिदैछन्।