ललितानिवास जग्गा प्रकरण: आजदेखि प्रतिवादी पक्षको बहस सुरू हुने
काठमाडौं। ललितानिवास जग्गा हिनामिना प्रकरणमा सोमबारदेखि प्रतिवादीहरुको थुनछेक बहस सुरु हुने भएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको ईजलाशमा आइतबारदेखि सुरु भएको थुनछेक वहसका क्रममा ४ जना सरकारी वकिलले बहस गरेका थिए।
सोमबार सरकारी वकिलहरुको वहस सकिएपछि प्रतिवादी तर्फको बहस सुरु हुनेछ। प्रतिवादीका तर्फबाट अभियुक्तहरुले नियुक्त गरेका वकिलहरुले बहस गर्नेछन्। उनीहरूको बहस सकिएपछि जाहेरवालाका तर्फबाट बहस हुनेछ।
अन्तिममा सरकारी वकिलका तर्फबाट नै जवाफी बहस हुनेछ। सरकारी वकिलको कार्यालयले यही भदौ १० गते सरकारी छाप दुरुपयोगमार्फत किर्ते गरेको भन्दै ३ सय १० जनाविरुद्ध मुद्दा दायर गरेको थियो।