पानीका जारमाथि निगरानी बढाउँदै काठमाडौं महानगर
काठमाडौं। काठमाडौं वासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यले काठमाडौं महानगरपालिकाले पानीका जारहरुको अनुगमन शुरु गरेको छ।
महानगरले आफ्नो क्षेत्रभन्दा बाहिर अन्य पालिका क्षेत्रमा उत्पादन भई काठमाडौं महानगरभित्र विक्री गरिने जारहरुको अनुगमनमा थालेको हो।
जार कुच्चिएको,चुहिने,फोहोर,लेवल नभएको भनी महानगरवासीले गुनासो गरेपछि महानगरले आफ्नो प्रवेशद्वारमा नै छड्के अनुगमनलाई निरन्तरता दिने भएको हो।
पछिल्ला केही दिन यता महानगरक्षेत्रमा गुणस्तररहित पानी विक्री भइरहेको आशंका गरिएको छ । त्यसैले पनि जार र जारमा रहेको पानीमाथि निगरानी बढाइएको महानगरपालिकाले जनाएको छ।