प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भएको छ। उनीहरूबीच मंगलबार दिउँसो छलफल भएको हो।
संसदमा विचाराधीन संक्रमणकालीन न्यायासम्बन्धी विधेयक र प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणबारे कुराकानी भएको उनको सचिवालयले जानकारी दियो। समसामयिक विषयमा कुराकानी भएको हो।
संसदमा रहेका विधेयक र आसन्न चीन भ्रमणबारे उहाँले जानकारी गराउनु भएको हो,प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने,प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलसँग नियमित छलफल गर्दै आउनुभएको छ। आजको छलफल पनि त्यसैको निरन्तरता हो।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिन भदौ ३० गते अमेरिकाको न्युयोर्क जाँदै छन्। त्यहीँबाट उनी चीन भ्रमणमा जाने तयारीमा छन्।