प्रतिनिधिसभाको बैठक आज बस्दै,यस्तो छ आजको सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो।

आजको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय,श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,अर्थ मन्त्रालय र ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने पहिलो सम्भावित कार्यसूची रहेको छ।

यस्तै संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय महिला आयोगको पन्ध्रौं वार्षिक प्रतिवेदन पेस गर्ने दोस्रो सम्भावित कार्यसूची रहेको छ।