चैतदेखि पाइपलाइनबाट पेट्रोल आयात
काठमाडौं। नेपाल आयल निगमले आगामी चैत महिनादेखि पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी काम अगाडि बढाएको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढाइएको नेपाल आयल निगमले जनाएको छ।
आगामी अप्रिल अर्थात् चैत महिनासम्म पाइपलाइनबाट पेट्रोल र मटितेल ल्याउने गरी पूर्वाधार निर्माणको काम अगाडि बढाइएको नेपाल आयल निगम अमलेखगन्ज कार्यालयले जनाएको छ।
यस परियोजनाको पहिलो चरणको काम सम्पन्न भएर २०७६ भदौ २४ देखि पाइपलाइनबाट डिजेल आउन सुरु भएको थियो। अहिले भारतको मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत डिजेल आयात भइरहेको छ।
स्टोरेज ट्याङ्क नभएका कारण पाइपलाइनबाट पेट्रोल ल्याउन सकिएको छैन। नेपाल र भारत सरकारबिच भएको सम्झौता अनुसार दोस्रो चरणको निर्माणको काम इन्िडयन आयल कर्पोरेसन (आइओसी) ले गरिरहेको छ।
निगमको अमलेखगन्ज डिपो कार्यालयका प्रमुख विनीतमणि उपाध्यायले दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिए। तोकिएको समयभित्र सक्ने गरी पूर्वाधारनिर्माणको काम अगाडि बढिरहेको उनले जानकारी दिए। गोरखापत्र दैनिकबाट