दीपक मनाङे बने एकीकृत समाजवादीको केन्द्रीय सदस्य
काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले राजीव गुरुङ (दीपक मनाङे)लाई केन्द्रीय परिषद् सदस्यमा मनोनीत गरेको छ।
बैठकले गरेको निर्णयहरूबारे जानकारी दिन एकीकृत समाजवादीले जारी गरेको अन्तरपार्टी निर्देशनमा केन्द्रीय परिषद्मा मनाङ्गेसतित १७ सदस्य मनोनीत गरिएको छ।
मनाङको प्रदेशसभा २ बाट स्वतन्त्र निर्विरोध निर्वाचित भएका मनाङेले गत मंसिरमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।