कमलपोखरीको शान्दार म.म. खादै हुन्छ होसियार,उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड,यस्तो छ नालीबेली
काठमाडौं। तपाइँ कमलपोरीको शान्दार मःमः खादै हुन्छ भने होसियार भएर खानु होला। जुन मःमः तपाईंले खानुहुन्छ त्यो मःमः कस्तो ठाउँ बन्दोरहेछ कल्पनासम्म गर्नु भएको छैन होला।
के गर्नु मःमःको डल्लो मात्रै सेतो भयर भएन नि ? बनाउने ठाँउ पनि सफासुगर हुनुपर्छ होला? त्यसैले मःमः खानु भन्दा पहिले एकपटक मःमः बनाउने ठाउँमा गएर हेर्नु भयो भने हजुरहरुलाइ कहिले पनि मःमः खाने चाहाना आउने वाला छैन।
हामी दैनिकजसो खाजाको रुपमा मःमः नै बढी खान रुचाउँछौैं। तर खाजाको रुपमा मःमः धेरै खान्छौं त्यो मःमः बनाउने ठाउँमा तपाइहरूले कहिले कस्ताे छ हेर्नु भएको छ,छैन भने एकपटक कमलपाेखरीमा रहेकाे चर्चित शान्दार म.म. पसलमा गएर हेर्नुहाेला।
मानिसहरु म.म.खान विशेषगरी कमलपाेखरीकाे शान्दार म.म. सेन्टरमा गएकाे पाइन्छ। तर कमलपोखरीमा रहेको शान्दार मःमः सेन्टरमा जाे लापरबाही गरेर मान्छेकाे स्वास्थ्य माथि नै खेलवाड गरेकाे पाइएकाे छ।
शान्दार म.म.खानेहरुको भीड अत्यन्तै लाग्ने गरेकाे भएपनि उपभाेक्ताकाे स्वास्थ्यमाथि खेलवाड गरेकाे पाइएकाे छ। अस्वस्थ भैसीकाे मासुकाे किमाबाट म.म. बनाउने गरेकाे खुलासा भएकाे छ भने म.म.बनाउने ठाउँमा पनि उस्तै फाेहाेर देखिएकाे छ। त्यही ठाउँमा चुराेटकाे धुवा र गुट्खा खाएकाे मज्जाले देख्न सकिन्छ अनि त्यही हातले म.म. बनाउने गरेकाे पाइएकाे छ।
त्यस्तै म.म. बनाउने ठाउँ र स्वस्थ मासुकाे प्रयाेग गरेर मात्र म.म.बनाउनु पर्ने हाे त्याे कुनै पनि किसिमकाे मादण्ड पालनना गरेकाे पाइदैन जसरी हुन्छ उपभाेक्तालाइ ठगी गरेर म.म. बिक्री गर्नु र पैसा कमाने एकमात्र उद्देश्य रहेकाे देखिन्छ। तर, हामीलाई शान्दार मःमः कसरी बनाइन्छ,म.म. बनाउन कस्ताे मासुकाे प्रयाेग गरिन्छ र बनाउने ठाउँ कस्तो छ, त्याे कुनै पनि किसिमकाे चासाे अहिलेसम्म उपभाेक्ताहरूले राखेकाे पाइदैन।
हामीलाइ मःमः बनाउन मैदा प्रयोग गरिन्छ भन्ने बाहेक अरू त्यति खासै सायद थाहा छैन होला। त्यो मःमः भित्र राखिने किमामा कस्तो खालको मासु प्रयोग गरिएको छ भन्ने तपाइहरूले कल्पनासम्म गर्नु भएकाे छैन।
कमलपोखरीको शान्दार मःमःमा भैसीको अस्वस्थ मासुकाे प्रयोग गर्ने गरेको र एकजना म.म. खान आएका उपभाेक्ताले बताएका छन्। उनले भने म धेरै बर्षदेखि याे ठाउँमा म.म. खान आउने गरेकाे थिए तर यस्ताे अस्वस्थ मासु र बनाउने ठाउँ यतीसम्म फाेहाेर हुन्छ हाेला भन्ने कल्पना सम्म नगरेकाे बताए।
उनले भने यस्ताे ठगी गरेर मान्छेकाे स्वास्थ्य माथि खेलवाट गर्ने जाे काेहीलाइ पनि सरकारले कानुनी कारबाही गर्नुपर्छ। राज्यले यसरी मान्छेकाे स्वास्थ्यमाथि खेलवाड गर्ने पैसा कमाउन जे पनि गर्नेमाथि कारबाहीकाे गर्नै पर्छ।अबदेखि शान्दार म.म. म पनि खादिन र अरूलाइ पनि स्वास्थ्यकाे ख्याल गरेर नखानुहाेस् भन्ने आग्रह गर्छु उनले भने।
त्यस्तै एकजना अर्का नियमित ग्राकले भन्ने पहिले त ठिकै छ भन्ने लागेर जताबाट भएपनि समय मलाएर यही शान्दार मःमः खान दिनमा एकपटक आउने गरेको थिए,तर अबदेखि शान्दार मःमः खान नआउने निर्णय गरेकाे छु।हाम्राे प्रश्नमा उनले भने पहिले तपाइ म.म.बनाउने ठाउँ हेरेर आउनु हाेस् ? फेरि हेर्न जानु भयाे भने विचार गरेर जानुहाेला नत्र म.म. खान आउनु भएकाे मान्छे ति साउजीकाे गालि खाएर जानुहाेला है भन्दै मन्द-मन्द हाँस्दै हामीसँग कुरा गरिरहेका थिए।
याे त मान्छेलाइ ठगेर गर्ने व्यपार पाे रहेछ त बाहिर मैदाकाे पीठाे लगायाे भित्र जस्ताे जे हाले पनि हुने रहेछ यीनिहरूले पैसा धेरै कमाउन भैसीकाे अस्वस्थ मासु समेत प्रयाेग गर्ने गरेकाे उनले ठाेकुवा गरे। उनले भने अनुगमन गर्नु पर्छ यति मात्र हाेइन अरू पनि केके भेटिन्छ त्याे अनुगमन गरेपछि मात्र थाहा हाेला। अबदेखि शान्दार म.म. काेही कैसैले पनि खान नआए हुन्छ किन भने स्वस्थ मान्छे अस्वस्थ हुनलाइ खाने हाेइन उनले भने। म केही समय अगाडी यही शान्दार म.म. खाएर निस्केपछि वान्ता भएकाे थियाे त्यसपछि केही दिन मिरामी समेत परेकाे थिए। मैले अरू केही कारणले यस्ताे भएकाे हाेला भन ठानेकाे थिए। तर अहिले आएर यही म.म.का कारण मलाइ त्यस्ताे भएकाे रहेछ भन्ने महसुस भएकाे छ।
त्यस्तै मैनाली थरका एकजनालाइ हामीले अबदेखि शान्दार म.म. खान नआउने भन्नुभयाे किन नआउने भन्ने हाम्रो प्रश्नमा उनले भने मःमः बनाउने ठाउँ कस्तो रहेछ भनेर छट्के चेक गरेको तर हामीले मःमः खाएको भन्दा पनि रोग खाएको जस्तो लाग्यो। मैले यति सम्म फोहोर होला भन्ने कल्पना समेत गरेको थिएन। त्यसैले अब कमलपाेखरीकाे शान्दार म.म. खान नआउने यस्ताे हाम्राे स्वास्थ्यमाथि खेलवाड गर्नेलाइ कानुनी कारबाही गर्नुपर्छ र सरकारका विभिन्न नियमनकारी निकायले यस्तालाइ कानुनी कठ्घरामा ल्याउन जरूरी रहेकाे उनले बताए।
यिनीहरू त केही प्रतिनिधि पात्र मात्र हुन यस्ता धेरै जनासँग हामीले कुरा गरेका छाै अन्यकाे कुरा कानी हामी फेरि अर्काे रिपाेर्टिङमा प्रकाशित गर्ने छाैं।
मैदाबाट बनेको मःमः दैनिकजसो खाने गरेमा स्वास्थ्यका लागि खतरनाक हुने स्वास्थ्यकर्मीहरूले बताउने गरेका छन् भने अझ त्याे भित्र अस्वस्थ खाने कुरा हालेपछि उपभाेक्ताकाे स्वास्थ्यमा कति असर गर्ला त्याे कल्पनासम्म गर्न नसकिने कुरा हाे।
हिजोआज हरेक गाउँदेखि शहरका गल्लीमा सहजै उपलब्ध हुने मःमः स्वास्थ्यका लागि हानिकारक हुन्छ। मैदा गहुँको परिस्कृत आँटा हो। यसमा फाइबर हुँदैन। मैदालाई सेतो तथा चमकदार बनाउन बेन्जोइल परअक्साइडले ब्लीच गरिएको हुन्छ, जुन स्वास्थ्यका लागि हानिकार रहेकाे छ।
त्यस्तै चाहे निजी क्षेत्र हुन् वा सरकारी कम्पनी, कसैलाई पनि उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने छूट छैन र हुनु पनि हुँदैन। त्यसैले कमलपोखरीको शान्दार म.म.ले मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने गरी म.म. बिक्री गरेको भए त्यस आधारमा कारबाहीको दायरामा ल्याउनै पर्ने देखिन्छ।
त्यस्तै वाणिज्य विभाग, खाद्य तथा गुणस्तर नियन्त्रण विभागले अनुगमन कार्यलाई प्रभावकारी बनाई गल्ती गर्नेलाई कारबाही गर्न जरुरी छ। सरकारले यस्ता म.म. पसललाई व्यवस्थित बनाउनुका साथै गुणस्तरहीन म.म. बिक्री गर्नेहरूलाई कडाभन्दा कडा कारबाही गरे मात्र उपभोक्ताको स्वास्थ्यमाथि भइरहेको खेलवाडलाई केही हदसम्म भए पनि कम गर्न सकिन्थ्यो।
त्यसैगरी, संविधानको अनुसूची–७ मा संघ र प्रदेशले साथै अनुसूची-८मा स्थानीय तहले उपभोक्ता अधिकार संरक्षण गर्नुपर्ने व्यवस्था छ। स्थानीय सरकार सञ्चालन ऐन, ०७४को दफा ११ ले स्थानीय सरकारले उपभोक्ता अधिकारसम्बन्धी कानुनको कार्यान्वयन र नियमनको व्यवस्था गरेको छ। यसरी कानुनले तीनवटै संघ, प्रदेश र स्थानीय सरकारले उपभोक्ता अधिकारको रक्षा र संवद्र्धन गर्नुपर्ने व्यवस्था गरेको भए तापनि उपभोक्ताले अनुभूत गर्ने गरी कानुनको प्रभावकारी कार्यान्वयन भएकाे पाइदैन।
त्यस्तै अर्काे सडकमा बिहान करिब ८ बजेदेखि बेलुका ७ बजेसम्म शान्दार मःम काे अगाडि रहेको सडकमा सवारीसाधानहरू खचाखच पार्किङ गरेर राखेको देखिन्छ। दिनभरमा करिब सयौं सवारिसाधन पार्किङ नै बनाएर सडकमा राखेकाे देखिन्छ। उक्त सडकमा सवारीसाधन जाम भएको ट्राफिक प्रहरीले कहिले पनि देख्दैन।
किन भने ट्राफिक प्रहरी नै म.म.का साहुजीसँग मिलेर कमाउधन्दा लागेको कमलपोखरीका स्थानीयबासिहरुले बताउने गरेका छन्।
कमलपोखरीको शानदार म.म. पसल अगाडी अनियन्त्रित रुपमा सडकमा पार्किङ अझै रहेको देखिन्छ। म.म. पसलका साहुजीलाइ यहाँबाइक पार्किङ गर्न प्रहरीले दिन्छ त भन्ने हाम्रो जिज्ञासामा मःम पसलका साहुजिले भने ट्राफिक प्रहरीलाई मिलाएका छौं तपाइहरू ढुक्कका साथ पार्किङमा राखेर आन्नदले म.म. खानुहोस् उनकाे जवाफ त्यस्ताे थियाे।
उनको त्यो बोलिले स्पष्ट के हुन्छ भने ट्राफिक प्रहरीलाइ नजरना बुझाएको स्पष्ट बुझिन्छ। हामीले फेरि म.म. पसलका कर्मचारीलाइ भाइ बाहिर सडकमा बाइक पार्किङ गर्दा हुन्छ। भन्ने जिज्ञासा राख्दा उनले ठट्यौली पारामा भने ट्राफिक सरहरु आँउछन मःम का डल्ला हसुर्छन् पैसा नतिरी जान्छन्। उनि बाइक राख्दा के हुन्छ त।
अब प्रष्ट हुन्छकि शान्दार मःम र कमलपोखरी ट्राफिक प्रहरीको सम्बन्ध के छ? ट्राफिक प्रहरीले भन्छ शान्दार म.म. पसल अगाडि कुनै पनि सवारी पार्किङ नहुने पार्किङ गरिएको भेटिएमा कारबाही गर्ने बताउदै आएको छ।
यसरी शानदार म.म. पसल अगाडि जथाभावी सवारी पार्किङको कारण कमलपोखरिमा बिरामी बोकेका एम्बुलेन्सलाइ चर्को साइरन बजाएर जाम हटाउनु पर्छ भने पैदल यात्रीलाइ समेत हिड्न असजिलो भएको छ। बिगत लामो समयदेखि शान्दार म.म. का साहुजीले सडकलाइ आफ्नै आँँगनको रुपमा प्रयोग गर्दै आएका छन्। नियमन गर्ने निकायको ध्यान जाहोस्।
त्यस्तै बजारमा पाइने सामान खाएर स्वस्थ्य बिग्रेको भए पनि हामीले आफ्नो अपभोक्ता अधिकारको माध्यमबाट कानुन कार्यवाही र उपचार लिन सक्छौं। यदि ऐन विपरित काम गरेको खण्डमा र कानुनले तोकेको भन्दा बिपरित काम गरेमा उपभोक्ता संरक्षण ऐन, २०७५ अनुरुप कसुरदारलाई निम्न सजाय हुने व्यवस्था छ।
१-निरीक्षण अधिकृतले तत्काल गर्न सक्ने सजाय (जरिवाना) – दूषित खाद्य पदार्थ उत्पादन, बिक्री वितरण गर्ने (जुन पदार्थ खानाले कसैको मृत्यु भएमा, मृत्यु हुने सम्भावना वा अपुरणीय क्षति भएमा) व्यक्तिलाई २५,००० सम्म जरीवाना, ३ बर्ष सम्म कैद हुने र सो दूषित खाद्य पदार्थबाट प्रभावित व्यक्तिलाई १,००,००० सम्म क्षतिपूर्ति दिनु पर्ने व्यवस्था गरिएको छ।
२-ठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र बिक्रेताले बिक्री प्रयोजनको लागि खरिद गरिएको वस्तु वा सेवाको बिल बिजक नराखेमा वा मागेको बखत उपलब्ध नगराएमा पाँच हजार देखि बीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
३-वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी, लुकाई, छिपाई वा झुक्याई त्यस्तो वस्तु वा सेवा बिक्री वा प्रदान गरे गराएमा दुई लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
४-कुनै वस्तुको कृत्रिम अभाव सृजना, जम्माखोरी गर्ने वा बिक्री गर्ने गरे गराएमा दुई लाखदेखि तीन लाख रुयौयाँसम्म जरिवाना हुने व्यवस्था छ।
५- बिक्री गरेको वस्तु वा सेवाको बिल वा बिजक जारी गर्न इन्कार गरेमा वा जारी नगरेमा वा बिल विजक जारी गर्दा थप रकम माग गरे गराएमा दुई लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
६-उपभोग गरिसक्नु पर्ने अवधि व्यतित भईसकेको उपभोग्य वस्तु वा उपभोग गर्न नमिल्ने वस्तुमा नयाँ लेबल लगाई त्यस्तो वस्तु बिक्री गरे गराएमा दुई लाख देखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
७-कुनै वस्तु वा सेवा संचित गरी वा अन्य कुनै अन्य तरिकाले कृत्रिम अभाव खडा गरी कुनै वस्तु वा सेवाको माग, आपूर्ति वा मूल्यमा प्रतिकूल प्रभाव पारेमा पचास हजार देखि एक लाख रुपैयासम्म जरिवाना हुने व्यवस्था छ।
८- निर्धारित समय वा स्थानमा मात्र वस्तु वा सेवा बिक्री गर्ने वा यस्तै प्रकृतिका अन्य काम गरी कुनै वस्तु वा सेवाको माग,आपूर्ति वा मूल्यमा प्रतिकूल प्रभाव पारेमा पचास हजार देखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
९- उत्पादकले प्रत्येक वस्तुको कारखाना मूल्य तथा बिक्रेताले बिक्री गर्न प्रत्येक वस्तुको थोक वा खुद्रा मूल्य र सेवा प्रदायकले प्रदान गर्ने सेवाको मूल्य सूची नराखेमा पचास हजार देखि एकलाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
१०- वस्तु उत्पादन गर्ने उद्योगको हकमा उद्योग दर्ताको प्रमाणपत्र तथा व्यवसायको हकमा व्यवसाय दर्ता, इजाजत पत्र बिक्री स्थलमा नराखेमा पचास हजार देखि एकलाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
११- उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जाँचबुझ, अनुगमन तथा निरीक्षण गर्ने क्रममा त्यस्तो जाँचबुझ, अनुगमन वा निरीक्षण गर्ने अधिकारी वा व्यक्ति, टोली वा निरीक्षण अधिकृतलाई सहयोग नगरेमा बीस हजार रुपैयाँसम्म जरिवाना।
१२-लेबलिङ्ग नगरेमा वा लेबलमा झुट्ठा कुरा उल्लेख गरेमा तीन महिना देखि छ महिना सम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
१३-खरिद गरेको वस्तु सात दिन भित्र र सिलबन्दी गरिएको वस्तु पन्ध्र दिन भित्रमा क्रेताले फिर्ता गर्न ल्याएमा बिक्रेताले सामान फिर्ता नलिएमा वा त्यस्तो मूल्य बराबरको सामान सट्टा नगरेमा तीन महिना देखि छ महिनासम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
१४-जानी जानी कमसल वस्तुको उत्पादन, बिक्री वा पैठारी गरेमा तीन महिना देखि एक वर्षसम्म कैद वा एक लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
१५- कुनै वस्तु वा सेवालाई अर्को वस्तु वा सेवा हो भनी वा निम्नस्तरको वस्तु वा सेवालाई उच्चस्तरको वस्तु वा सेवा हो भनी ढाँटी वा झुक्याई बिक्री गरेमा तीन महिनादेखि एक वर्षसम्म कैद वा एक लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
१६-उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने वस्तुको उत्पादन वा बिक्री गरेमा तीन महिना देखि एक वर्ष सम्म कैद वा एक लाख देखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
१७- एकै प्रकृतिका विभिन्न वस्तु उत्पादन, पैठारी वा बिक्री गर्न व्यापारी वा व्यापारिक समुहहरु मिली यस्तो वस्तुको अभाव सृजना गरी मूल्य तथा आपूर्ति व्यवस्थामा प्रभाव पारेमा तीन महिनादेखि एक वर्ष सम्म कैद वा एक लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय,
हुने व्यवस्था छ।
१८- एकै प्रकृतिको कुनै सेवा प्रदान गर्ने एक भन्दा बढी व्यापारी वा व्यापारिक समूहको मिलोमतोबाट चक्र प्रणाली, कोटा प्रणाली, आलोपालो, खेप प्रणाली, वा टोकन प्रणाली अपनाई सेवा संचालन गरेमा तीन महिना देखि एक वर्ष सम्म कैद वा एक लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
१९-एउटा वस्तु खरिद गर्दा अर्को वस्तु पनि खरिद गर्नुपर्ने व्यवस्था गरेमा तीन महिना देखि एक वर्ष सम्म कैद वा एक लाख देखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
२०- नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी निर्धारण गरेको अत्यावश्यक खाद्य तथा अन्य वस्तु वा सेवाको तोकिएको अधिकतम मूल्य भन्दा बढी हुने गरी बिक्री गरेमा वा गराउन खोजेमा तीन महिनादेखि छ महिनासम्म कैद वा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
२१- उपभोक्ताको अधिकार संरक्षणका लागि तोकिए बमोजिमको निकायले तोकिएका वस्तु वा सेवाको मूल्य निर्धारण सम्बन्धी बनाएको मापदण्ड बिपरित वस्तु वा सेवाको बिक्री वितरण गरेमा तीन महिना देखि छ महिना सम्म कैद वा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।