देउवामाथि दबाब बढाउने शेखर-गगनको रणनीति
काठमाडौं । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि रणनीतिक दबाब बढाउन शेखर–गगन समूह निरन्तर लागिपरेको छ ।
पार्टीका हरेक गतिविधिमा सभापतिबाट आफ्नो समूहलाई बाइपास गर्ने प्रवृत्तिको गति नरोकिएपछि संस्थापनइतर समूह एकढिक्का भएर पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवामाथि दबाब बढाउने रणनीति अपनाएका हुन् ।
देउवाको कार्यशैलीमाथि असन्तुष्टि जनाउँदै आएको शेखर–गगन समूहका केन्द्रीय नेताहरूले मंगलबार बैठक बसेर कसरी अघि बढ्ने भन्ने रणनीति तय गरेका छन् ।
उनीहरूले वरिष्ठ नेता शेखर कोइराला, महामन्त्री गगन थापासँगै अर्का महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई समेत एकाकार गर्दै देशभर आफ्नो समूहलाई मजबुत बनाउँदै लैजाने अभियानमा छन् ।
मंगलबारको बैठकमा निमन्त्रणा गरे पनि प्राविधिक रूपमा बैठकमा उपस्थित हुन नसके पनि महामन्त्री शर्मा र नेता पौडेल आफूसँगै रहेको केन्द्रीय सदस्य मधु आचार्यले बताउनुभयो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।