सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा अनुप उपाध्याय नियुक्त
काठमाडौं। सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा अनुप कुमार उपाध्याय नियुक्त हुनु भएको छ। पूर्व सिँचाइ ऊर्जा सचिव उपाध्यायलाई आयोगको उपाध्यक्षमा नियुक्त गरिएको हो।
उहाँलाई आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ। आयोगको अध्यक्ष समेत रहनुभएका मुख्यमन्त्री कमल बहादुर शाहले उपाध्यायलाई शपथ ग्रहण गराउनु भएको छ।
उपाध्याय हालसम्म प्रधानमन्त्री कार्यालय अन्तरगतको सार्वजनिक खरिद अनुगमन कार्यालय,राष्ट्रपति कार्यालय,सिँचाइ मन्त्रालय,विज्ञान तथा प्रविधि मन्त्रालय तथा ऊर्जा मन्त्रालयको सचिव भइसक्नु भएको छ।