नेप्सेमा दोहोरो अंकको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकको गिरावट आएको छ। मंगलबार १८.४५ अंकले बढेको शेयर बजार आज १८.६० अंकले घटेर दुई हजार ४ दशमलब ३० विन्दुमा बन्द भएको हो।
त्यस्तै, आज एक अर्ब ८१ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेका अनुसार आज कारोबार भएका ३४ कम्पनीको शेयरमूल्य बढेको छ भने १९३ कम्पनीकोे शेयरमूल्य घटेको छ। ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ। मंगलबार १९० वटा कम्पनीको शेयरमूल्य बढेको थियो।
एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ। जसमा मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड रहेको छ। यस कम्पनीको शेयरमूलय आज ९.९० प्रतिशतले बढेको छ। यसका साथै आज एशियन हाइड्रोपावर लिमिटेड र मोलुङ हाइड्रोपावर लिमिटेडको शेयरमूल्य पनि आज ७ प्रतिशतले बढेको छ।
आज लक्ष्मी भ्यालुफण्ड २ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन्। यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ। नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ। यस कम्पनीको आज ७ करोड ६२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।