भिआइपीका नाममा राज्यको ढुकुटी दुरूपयोग

फाइल तस्वीर

काठमाडौं। तीन वर्षअघि गृह मन्त्रालयले बनाएको विशिष्ट व्यक्ति सुरक्षासम्बन्धी कार्यविधिअनुसार अहिले मुलुकमा दुई हजारभन्दा बढी विशिष्ट व्यक्ति (भिआइपी) छन्। सुरक्षा दिने प्रयोजनबाट मन्त्रालयले भिआइपी सम्बन्धी कार्यविधि बनाएको थियो।

कार्यविधि पछ्याउँदा अहिले भिआइपीका नाममा राज्यको ढुकुटी दुरूपयोग भइरहेको छ।

अब यस्तो हुन नदिन सरकारले भिआइपी सम्बन्धमा नयाँ कार्यविधि बनाउने प्रक्रिया अघि बढाएको छ।

यसका लागि कार्यविधि मस्यौदा तयार भइसकेको छ। मुलुकमा प्रचलित कार्यविधिअनुसार विभिन्न उच्च ओहोदामा रहेका वर्तमान र पूर्वगरी दुई किसिमका भिआइपी छन्।

वर्तमानमा पनि अतिविशिष्ट (भिभिआइपी) र भिआइपी गरी दुई किसिमबाट व्याख्या गरिएको छ। पूर्व भिआइपीको संख्या वर्तमानको भन्दा बढी छ।

अब क९कसलाई अतिविशिष्ट र क९कसलाई विशिष्ट व्यक्ति भन्ने विषयमा व्याख्या गरी गृह मन्त्रालयले कार्यविधिको नयाँ मस्यौदा बनाएको हो।

मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले विशिष्ट व्यक्तिका सम्बन्धमा कार्यविधिको मस्यौदा तयार भइसकेको बताए।

कार्यविधिको मस्यौदा तयार भइसकेको छ। २०८० सालमै कार्यविधि आउँछ, उनले भने। नागरिक दैनिकबाट।