सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

निगमको शनिवार बसेको संचालक समितको बैठकले शनिबार रातिदेखि लागू हुनेगरी ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ, पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँ बढाएको हो।

त्यसै गरी हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ।

मूल्यवृद्धिसँगै एक सिलिन्डर ग्यासको २११० र काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १८५ र डिजेल÷मट्टितेल प्रतिलिटर १७५ रुपैयाँँ पुगेको छ। बढेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।