पेट्रोलियम पदार्थमा गरिएको भारी मुल्यवृद्धि अविलम्ब खरेजी हुनुर्पछ: नेता हरिकृष्ण गजुरेल

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तुरून्त फिर्ता लिन माग गरिएको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य तथा अखिल (क्रान्तिकारी)का निवर्तमान अध्यक्ष हरिकृष्ण गजुरेलले मुल्य वृद्धि अविलम्ब खारेज गर्न माग गरेका छन्।

जनताको हात मुख समेत जोर्न नसक्ने अवस्था सिर्जना भएकोले मुल्यवृद्धि तत्काल खारेजी गरिनुपर्छ नेता गजुरेलले भनेका छन्।

सरकारले पटक-पटक जनताको ढाड सेक्ने गरि गरिएको पेट्रोलियम पदार्थको मुल्य वृद्धि खारेज नगरिए अब निर्णायक आन्दोलन गर्न बाध्य हुन उनले बताए।

उनले भने अहिलेको सरकार जनताको सरकार नभएर दलालहरूको सरकार भएकाले जनताहरूले दु:ख पाएको बताएका छन्। स्वचालित मूल्य वृद्धको नाममा जनताको ढाड सेक्ने काम अहिलेकाे दलाल सरकारले गरेको नेता गजुरेलले बताएका छन्।

नेपाल आयल निगमले गएराति मूल्य वृद्धि गरिएको बारे एक विज्ञप्ति निकालेर जानकारी गराएको थियो।

निगमले आज  (आइतबार)बाट लागु हुने गरि पेट्रोलमा प्रति लिटर २ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रति लिटर ६ रुपैयाँ,खाना पकाउने एलपी ग्याँसमा प्रति सिलिन्डर २१५ रुपैयाँ र हवाई इन्धनमा प्रति लिटर ८ रुपैयाँको दरले मुल्य समायोजन गरेको थियो।

याे मूल्यवृद्धिसँगै एक सिलिन्डर ग्यासको २११० र काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १८५ र डिजेल÷मट्टितेल प्रतिलिटर १७५ रुपैयाँँ पुगेको छ। बढेको मूल्य आज (आइतबार) देखि लागू हुने निगमले जनाएको छ।