बझाङ केन्द्रविन्दु भएर ५.३ म्याग्निच्यूटको भूकम्प

काठमाडौं । मंगलबार बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ।

आज दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तालकोट केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प गएको हो।

भूकम्पबाट के कस्तो क्षति भयो भन्ने बिवरण प्राप्त भएको छैन। भूकम्पको धक्का पश्चिम नेपालका अन्य जिल्लाहरुमा पनि महसुस गरिएको थियो।

यसैगरी काठमाडौ,चितवन,हेटौडा,नुवाकोट,सिन्धुपाल्चोक लगायतका जिल्लाहरुमा पनि ३ बजेर ८ मिनेट जाँदा अर्को भूकम्पको धक्का महसुस गरिएको थियो। यो बिगतका भूकम्पको पराकम्प भएको बताइएको छ।