नाम दर्ता भएको करिब तीन वर्षपछि राष्ट्रिय परिचयपत्र धमाधम वितरण
काठमाडौं ।ताप्लेजुङ्गमा राष्ट्रिय परिचयपत्र धमाधम वितरण भइरहेको छ। नाम दर्ता भएको करिब तीन वर्षपछि यहाँ राष्ट्रिय परिचयपत्र वितरण गर्न लिएको हो।
जिल्ला प्रशासन कार्यालय जुका अनुसार २०७७ साउन १३ देखि राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता सुरु गरिएको थियो। राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गरिएको तीन वर्षपछि भर्खरैदेखि परिचयपत्र वितरण गर्न सुरु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
नाम दर्ता भएकामध्ये पहिलो पटक एक हजार पाँच सय जनाको परिचयपत्र आएकाले वितरण थालिएको राष्ट्रिय परिचयपत्र वितरण दर्ता कर्मचारी ९अपरेटर० वसन्त निरौलाले जानकारी दिए। उनकाअनुसार जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएको राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिलाई हाल धमाधम वितरण गरिँदै आएको छ।
राष्ट्रिय परिचयपत्र विवरण दर्ता सहयोगी टीका बराल सिग्देलले गत भदौ २७ देखि परिचयपत्र वितरण सुरु भएको जानकारी दिए। उनकाअनुसार मगलबारसम्ममा ३१ जनाले राष्ट्रिय परिचयपत्र बुझेका छन्। परिचयपत्र आएका मोबाइल नम्बरमा सूचना जाने र सोही सूचनाका आधारमा प्रशासन कार्यालयमा सम्पर्क गर्ने व्यक्तिलाई राष्ट्रिय परिचयपत्र वितरण आएको उनले बताए।
जिल्ला प्रशासन कार्यालय अनुसार राष्ट्रिय परिचयपत्र प्राप्त भएकालाई धमाधम वितरण भइरहेको छ भने परिचयपत्रका लागि नाम दर्ताको कार्य पनि जारी छ। यता राष्ट्रिय परिचयपत्रका लागि नाम संकलन सुरु भएयता मङ्गलबारसम्ममा ३० हजार ८०० जना महिला र ७४ हजार ३६५ पुरुष गरी कुल ६५ हजार २४० जना नाम दर्ता भएको छ।
हालसम्म दर्ता भएको संख्यामध्ये यसअघि गाउँ गाउँमा सञ्चालित अभियानमार्फत हजार २०५ र जिल्ला प्रशासन कार्यालयमा १२ हजार ३३ जनाको नाम दर्ता भएको पनि राष्ट्रिय परिचयपत्र विवरण दर्ता शाखाले जनाएको छ।
यता राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्य पहिलो पटक भएकाले परिचयपत्र बनेर आउन लामो समय लागेको हुन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी बहादुर भट्टराईले बताए। आगामी दिनमा भने छोटो अवधिमै परिचयपत्र आउन सक्ने उनको भनाइ छ। गोरखापत्रबाट