गोली लागेर घाइते भएकी असई पत्नीको मृत्यु

सांकेतिक तस्वीर

काठमाडौं। काठमाडौँको महाराजगन्जमा गोली लागेर घाइते भएकी शर्मिला चौधरीको उपचारको क्रममा मृत्यु भएको छ। उनी नेपाल प्रहरीका सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीकी पत्नी हुन्।

१० असोजमा उनी गोली लागेको अवस्थामा भेटिएकी थिइन्। महानगरपालिका–४ पञ्चकन्या स्थित डेरामा घाइते अवस्थामा भेटिएकी उनलाई उपचारका लागी त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

शर्मिला चौधरीले आफैँलाई गोली हानेको प्रहरीको अनुसन्धान निष्कर्ष छ। प्रहरी सहायक निरीक्षक चौधरीले बोक्ने पेस्तोलबाट दुई राउन्ड फायर भएको अनुसन्धानबाट थाहा भएको छ। शर्मिलाको कोखामा १ राउन्ड गोली लागेको थियो।