पानी: जीवन र खाद्यको आधार

परिचय:
प्रत्येक व्यक्तिमा पर्याप्त, स्वच्छ, पोषण युक्त र आफ्नो आवश्यकता चाहना अनुरुप खानामा भौतिक तथा आर्थिक पहुँच भएको अवस्था खाद्य सुरक्षा हो।

व्यक्तिमा खाद्यको उपलब्धता,आर्थिक पहुँच, खाद्य उपभोगमा निरन्तरता भएको अवस्था पूर्ण रूपमा खाद्य सुरक्षा भएको अवस्था हो। खाद्य स्वच्छतालाई खाद्य सुरक्षाको परिपुरकको रुपमा हेर्ने गरिन्छ।

मानव स्वास्थ्यको सुरक्षा तथा उपभोक्ता हित संरक्षणका लागि खाद्य शृखलाका सबै चरणहरूमा वैज्ञानिक तथ्यका आधारमा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तरीयता निर्धारण र त्यसको नियमनको व्यवस्था गर्नु खाद्य स्वच्छता हो।

खाद्य सुरक्षा र खाद्य स्वच्छताका साथ साथै खाद्य सम्प्रभुतालाई पनि खाद्यको एक महत्वपूर्ण राजनैतिक आधारका रुपमा लिने गरिन्छ । खाद्य सम्प्रभुता किसानहरूको आर्थिक र राजनीतिक सिमान्तिकरणको विरोधको रुप हो।

खाद्यान्नको उत्पादन, वितरण र नियमनको बिषयमा व्यक्ति समुदाय र राष्ट्रको अधिकारको सुनिश्चितता गर्दै वातावरणिय, सामाजिक आर्थिक र सांस्कृतिक रुपले विशिष्ट परिस्थिति अनुसार कृषि, खाद्य, मत्स्य तथा भूमी सम्बन्धि नितिहरु निर्धारण गर्ने अधिकार सम्बन्धित व्यक्ति, समुदाय तथा राष्ट्रमा निहित हुने मान्यता राख्दछ।

खाद्य सुरक्षा लागि अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरबाट भएका सफलता र प्रयासहरु:

भोकमरी विरुद्ध सम्बोधन गर्ने संसारकै सबैभन्दा ठुलो मानवीयसङ्गठन संयुक्त राष्ट्र संघको खाद्य सहायता शाखा अन्तर्गतको विश्व खाद्य कार्यक्रमलाई सन् २०२० को नोबेल शान्ति पुरस्कार प्रदान गरिनु आफैमा एउटा अन्तर्राष्ट्रिय उपलब्धि हो।

संयुक्त राष्ट्रसंघको पहलमा दिगो बिकाशका लक्ष्य कायम गरिएका छन् , जसमध्ये सन् २०३० सम्ममा विश्वब्यापी रुपमा भोकमरी शुन्यमा झार्ने लक्ष्य लिइएको छ। खाद्य सुरक्षाको अवधारणाको विकाश सन् १९७० को दशकबाट भएको पाइन्छ।

सन् १९७४ मा भएको विश्व खाद्य सम्मेलनले खाद्य सुरक्षालाइ उत्पादन र मुल्यको घटबढ र खाद्य उपभोगमा हुने वृद्धिलाइ धान्न सक्ने ,आधारभूत खाद्य वस्तुको सबै समयमा हुने विश्वब्यापी आपूर्तिको रुपमा परिभाषित गरेको छ।

नेपालको सन्दर्भमा खाद्य सम्बन्धी ऐन २०७५, नेपालको संविधानमा खाद्यन्नको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरिनुका साथै १५ औं योजनामा खाद्य सुरक्षा तथा पोषण शिर्षकमा स्वच्छ र पोषणयुक्त खाद्य उपलब्धता तथा पहुँचको बृद्धि गर्दै खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितता गर्ने लक्ष्य सहितका कानुनी, संवैधानिक तथा नितिगत व्यवस्था गरिएको छ।

धारा ५१ मा राज्यको निति अन्तर्गत नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नितिमा कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्दै खाद्य सम्प्रभुताको मान्यता अनुरुप जलवायु र माटो अनुकुलको उत्पादनलाई प्रोत्साहन गरी खाद्यन्नको दिगो उत्पादन, आपुर्ति, संचय, सुरक्षा र सुलभ तथा प्रभावकारी वितरणको व्यवस्था गर्ने उल्लेख गरिएको छ।

त्यस्तै खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन २०७५ मा कृषि पेशाको संरक्षण र किसानको जीवनस्तरको प्रवर्द्धन गर्न कृषि पेशाको संरक्षण र किसानको जीवस्तरको प्रवर्द्धन गर्ने,किसानको पहिचान र सम्मान, जलवायु परिवर्तनबाट हुनसक्ने असरको न्यूनिकरण गर्ने उल्लेख रहेको साथै कृषिको व्यवसायीकरण, यान्त्रिकरण र आधुनिकीकरण गर्नका लागि उन्नत बिउ, प्रविधि, औजार, सिंचाईको व्यवस्था गर्ने उल्लेख गरिएको छ।

नेपालमा खाद्य सुरक्षाको अवस्थास्

कुल जनसंख्याको बढी हिस्सा ओगटेको ग्रामिण क्षेत्रमा कृषि आय आर्जनको मुख्य श्रोत भएको हुँदा यसले राष्ट्रिय अर्थतन्त्रमा पनि महत्वपूर्ण भूमिका खेलेको छ । तथापि नेपालमा अधिकांश जनता खाद्यान्नबाट असुरक्षित हुँदै आएका छन्।

विश्व खाद्य कार्यक्रमको एक प्रतिबेदन अनुसार नेपालमा करिब ३७ लाख मानिसका लागि खाध्य सहयोगको आवश्यकता रहेको र करिब ६४ लाख मानिस दीर्घकालीन खाद्य असुरक्षाको स्थितिमा रहेका छन्।

अझै पनि नेपालका ४० जिल्लाहरुमा खाद्य न्यूनता रहेको देखिन्छ। जलवायु परिवर्तन संगै आएको मौसम प्रतिकुलताले गर्दा हाम्रो जस्तो मौसममा भर परेको कृषिको ग्रिर्दो उत्पादनले निम्त्याएको खाद्य संकट र बढ्दो मुल्यले गर्दा ग्रामिण भेगमा अझै करिब १६.६४५ जनता निरपेक्ष गरिबीको रेखामुनि छन्।

श्रमबाट हुने आम्दानीको तुलनामा दिनप्रतिदिन वृद्धि हुदै गएको खाद्यको मुल्यले गर्दा बिपन्न परिवारले आफ्नो कमाइको ७५५ हिस्सा खाद्यन्न खरिदमा प्रयोग भएको पाइन्छ।

खाद्य सुरक्षा तथा स्वच्छताका लागि पानीको महत्वस्

उत्पादन, सुरक्षा तथा स्वच्छताका लागि अपरिहार्य तत्वको रुपमा पानीलाई लिने गरिन्छ। जसरी मानव जीवनका पानीको महत्व छ त्यसरीनै बोट विरुवाको वृद्धि, विकास र उत्पादनमा उतिकै महत्त्व रहेको छ। नेपाल कृषिप्रधान देश हो।

कुल गार्हस्थ्य उत्पादनमा करिब २७ प्रतिशत योगदान कृषि क्षेत्रको रहेको छ। अधिकांश जनसंख्याको हिस्सा कृषिमा आधारित भएको भएतापनि नेपाल खाद्य असुरक्षाको चपेटामा पर्ने गरेका छन्।

विगतमा खाद्यन्न निर्यात गर्ने गरेको भएतापनि हालका दिनमा भने आयत नभएमा भोकभोकै पर्ने अवस्था रहेको छ। अधिकांश सिंचाइको व्यवस्था भएका तराईको जग्गा प्लटिङमा रुपान्तरण गरी घरघडेरी बनाउने र पहाडी क्षेत्रमा लगाईने खेतीमा सिंचाई सुविधा नहुदा आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्याता रहेको कारण उत्पादन कम हुदा खाद्य असुरक्षा बढ्दै गईरहेको छ।

खाद्य सुरक्षा र स्वच्छताका लागि उत्पादन बढाउनु पर्ने र उत्पादन बढाउनका लागि आधुनिक कृषि प्रविधि, उन्नत बिउ बिजन, समयमा मलका साथै सिंचाई पनि उत्तिकै महत्वपूर्ण रहेको हुन्छ।

जमिनमा रहेको मलका साथै विभिन्न तत्व बिरुवाले जराको माध्यमबाट सोसेर लिने भएकोले पानी उत्पादन र उत्पादकत्व वृद्धिका लागि महत्वपूर्ण रहेको छ।

जलवायु परिवर्तनका कारण अतिवृष्टि, अनावृष्टि लगायतका समस्या किसानले भोक्दै आएका छन। बोट विरुवा तथा खाद्यवालीलाइ पानी आवश्यक पर्ने बेला पानी नपरि खडेरी पर्नाले उत्पादनमा कमी आउनुका साथै समयमा नै बाली लगाउन नपाउने अवस्था सृजना हुने गरेको छ।

तसर्थ खाद्य सुरक्षा र खाद्य स्वच्छताका लागि पानी महत्वपूर्ण आधारको रुपमा रहेको छ। हाल करिब ३३ ५ कृषियोग्य भुमीमा मात्र सिंचाइको व्यवस्था रहेको छ। अधिकांश पहाडी क्षेत्रका कृषकहरुले आकासे पानीको भरमा कृषि गरिरहेका छन्।

कृषि योग्य जमिनमा अध्ययन गरी सिंचाईको व्यवस्था गर्न सकेमा खाद्य असुरक्षाको मारबाट जनताहरु सुरक्षित रहन सक्नुका साथै आर्थिक पक्ष पनि सवल बन्न सक्ने देखिन्छ।

श्रमिकको ज्यालाको तुलनामा खाद्यन्नको मूल्य बृद्धि दिनदिनै बढ्दै गएको छ। विशेष गरी नेपालको पहाडी र हिमाली क्षेत्रमा खाद्यन्न संकट देखिने गरेकोले यसको मुख्य कारण सिंचाईको अभाव रहेको बुझ्न सकिन्छ।

नेपालको संविधान २०७२ को धारा ३६ मा खाद्य सम्बन्धी हकको व्यवस्था गरिएको र जसअनुसार प्रत्येक नागरिकलाई खाद्य सम्बन्धी हक हुने, खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक हुने र कानुन बमोजिम खाद्य सम्प्रभुताको हक हुने उल्लेख गरिएको छ।

कानुनी तथा संवैधानिक रुपमा पनि खाद्य सुरक्षा र स्वच्छताका साथै खाद्य सम्प्रभुताका लागि प्रयत्न गरिएको भएतापनि व्यवहारमा भने लागु भएको देखिदैन।

खाद्य बालीको उत्पादन बढाउन सबैभन्दा महत्वपूर्ण सिंचाई भएकोले कृषि योग्य भुमीमा सिंचाईका लागि नहर, कुलो, डिप बोरिङ, अपलिफ्ट लगायतका प्रविधि अपनाइ पानीको व्यवस्था गरेमा उत्पादन बढ्नुका साथै खाद्यन्न आयातमा कमि आउनुका साथै निर्यात व्यापारबाट अर्थतन्त्र समेत सुध्रिने देखिन्छ।

मानव जीवनमा पानीको जति महत्व छ उत्तिनै बोटबिरुवाहरुलाई पनि पानीको आवश्यक पर्दछ। सिंचाईको व्यवस्था भएमा मात्र जमिनमा रहेको खनिज, लवण, मिनरल्स लगायतका पोषक तत्व जराको माध्यमबाट लिई बोटविरुवाको विकास र उत्पादकत्व बढ्ने जसका कारण खाद्यन्न संकट लगायतका समस्या न्यूनीकरण भई खाद्य सुरक्षाको अवस्था आउने र आयातित बिषादी युक्त खाद्यन्नको आयत घटी स्वच्छ र ताजा खाद्यन्नमा पहुँच पुग्ने देखिएकोले खाद्य सुरक्षा र खाद्य स्वच्छतामा पानीको महत्व रहेको छ।

निष्कर्ष:

पछिल्लो समय वातावरण प्रदुषण, अत्याधिक कार्वन उत्सर्जन, जलवायु परिवर्तन लगायतका कारण जलवायु परिवर्तनको असर खाद्य उत्पादनमा परेको छ।

जलवायु परिवर्तनका कारण लामो समय सम्म खडेरी पर्नाले कृषि उत्पादन घटिरहेको छ जसका कारण खाद्यन्न संकट आई भोकमरी लगायतका विपत सृजना भई खाद्य असुरक्षाको अवस्था आउन सक्ने देखिएकोले यसका लागि नेपालका साथै विश्व स्तरबाट कार्वन उत्सर्जन घटाउनुका साथै वृक्षारोपण गर्ने, आकासे पानी जमिनमा जाने गरी व्यवस्था गर्ने, सिंचाईको व्यवस्था भएका जमिनहरु घडेरी नबनाई खेती नै गर्ने लगायतका कार्य गर्नुपर्ने देखिन्छ। साथै सरकारी तथा विश्वस्तरबाट खाद्य सम्प्रभुता, खाद्य सुरक्षा र खाद्य स्वच्छताका सम्बन्धमा दिर्घकालिन नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउनु पर्दछ।

खाद्य सुरक्षा र खाद्य स्वच्छतामा पानी महत्वपूर्ण आधार भएकोले उब्जाउ जमिनमा सिँचाइको व्यवस्था गरेमा खाद्य सुरक्षा र स्वच्छताको अवस्था आउने देखिन्छ। तसर्थ यसपटक जीवन र खाद्यको आधार हो।

पानी (water is life, water is food, leave no one behind) भन्ने नाराका साथ मनाउन लागिएको ४३ औं विश्व खाद्य दिवसको सान्दर्भिक नारा लाई नारामा मात्र सिमित नराखि सम्पुर्ण तह र तत्काबाट योगदान गरी व्यबहारमा सफल पार्नुपर्ने देखिन्छ।

लेखक-पूर्णमान महतारा

   सन्दर्भ सामग्री
– नेपाल कानुन आयोग, २०७२, नेपालको संबिधान , काठमाण्डौ

– राष्ट्रिय योजना आयोग ,२०७७,पन्ध्रौं औ आवधिक योजना ९२०७६/७७ -२०८०/८१०

– खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन, २०७५