काठमाडौंक‍ो वनस्थलीमा गुण्डानाईके बाघे र सापकोटाले व्यापारको नाममा दिनदहाडै लुटतन्त्र मच्चाउदै

काठमाडौं । काठमाडौंक‍ो वनस्थलीमा सञ्चालन भइरहेको हार्डवेयर पसलको नाममा गुण्डानाईके बाघे र नारायण सापकोटाले उदण्डता मचाउदै व्यापारको नाममा दिनदहाडै गुण्डाराज चलाउदै आएको खुलेको छ।

 व्यावसायिक रुपमा मुटुमानिने चक्रपथ सँगै रहेको सिद्धार्थवनस्थली स्कुल पछाडि गुण्डानाईके एवम् तस्कर बाघेका हार्डवेयर व्यावसायिक पार्टनर रहेका नारायण सापकोटाले गुण्डाराज चलाउदै व्यावसायी गरेकाे एक जना ग्राहकले बताएका छन्।

सापकोटाले हार्डवयर व्यावसायको नाममा करोडौं रुपैयाँ कर छली गरि दिन दुई गुणा रात चार गुणाको दरले अरबौं रुपैयाँ कुम्ल्याउन सफल भएको बताइन्छ।

राज्यलाई तिर्नुपर्ने कर नतिरी डन सापकोटाले आफ्नो १४ वर्षको कलिलो बच्चो लाई समेत करिव ४८ लाखको गाडी उपाहार दिएको उनकै छिमेकी निरौलाले बताएकी छिन।

यसरी कर छलि गरि अकुत सम्पती कमाउन सापकोटाकि धर्मपत्नी बारा जिल्लाकी असाध्यै गरिब परिवारकी रुकु काफ्लेले साथ दिईको स्राेतले बताएकाे छ।  

कर छलिका मायुर खेलाडी एंवम गुण्डा नाईके बाघेका बिजनेस पार्टनर सापकोटाले गरिब जनताहरुलाई राज्यलाई कर तिर्नुपर्छ भन्दै बिलमा १३५ प्रतिशत भ्याट जोडी बिल दिई आन्तरिक राजस्व विभागका साथै कर कार्यालयलाई समेत ढाँट्दै आइरहेको पाईएको छ।

कर छलीका चतुर खेलाडी एवम् हार्डवेयर व्यावसायका सञ्चालक सापकोटा कर कार्यलयका कर्मचारीहरुको अँखामा छारो र हातमा चारो हाल्दै ठगी गरेकाे स्राेतकाे दाबी छ।

बारा जिल्लामा जन्मिएका असाध्यै गरीब परिवारका सापकोटाले खुलम-खुल्ला गुण्डा नाइके र प्रहरीसँग राम्राे सम्बन्ध रहेकाे भन्दै बताउँदै हिड्ने गरेकाे एक ग्राहकले बताएका छन्।

उनले चक्रपथका गुण्डा नाईके बाघे मेरा मीत हुन भने काठमाडौंका एसएसपी भुपेन्द्र बहादुर खत्री मेरा दाहिने हात हुन मैले चाँहे भने जसको पनि हात खुट्टा काट्न सक्छु भन्दै हिड्ने गरेकाे पाइएकाे छ। 

यतिमात्र होइन झट्ट हेर्दा सोझा देखीने हार्डवेयर व्यावसायी सापकोटा उनी आफैले व्यावसायको नाममा गुण्डागर्दी गर्दै आइरहेको स्थानीयहरुले बताउँदै आइरहेका छन्।

दिन दुईगुणा रात चार गुणाको दरले कर छलिका साथै गुण्डागर्दी गरेर अकुत सम्पत्ति कमाएका चक्रपथका गुण्डानाईके बाघे र उनका अदृश्य व्यावसायिक पार्टर नारायण सापकोटालाई कहिले होला कारबाही? 

यस विषयमा राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व कार्यलयमा बुझ्दा राजस्व छलिगर्ने जाे काेही भएपनि थप अनुसन्धान गरेर  आवश्यक कारबाही गर्ने बताएकाे छ।