१० नेपालीको मृत्युमा आज राष्ट्रिय शोक

काठमाडौं। इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ।

मन्त्रिपरिषद् बैठकले मंगलबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेको हो। आज देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ। यस्तै मृतकहरुको शव यथाशीघ्र नेपाल ल्याउन आवश्यक पहल गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ।

यस्तै सरकारले मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको छ। उक्त रकम अर्थ मन्त्रालयलले गृहमार्फत निकासा गर्नेछ।