काठमाडौंको बागमती किनारमा युवकको शव फेला
काठमाडौं। काठमाडौंको नयाँ बानेश्वरस्थित बागमती नदी किनारमा एक युवकको शव फेला परेको छ।
घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ । मृत फेला पर्नेमा काठमाडौंको बुद्धनगर बस्ने २० वर्षीय विमल महरा रहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा रगत र सिरिन्ज भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।