क्रिकेटर सन्दीप लामिछानेरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै
काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आजलाई तोकिएको छ। असोजमा दुई पटक पेसी चढे पनि स्थगित हुँदै आएको थियो।
सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो।
न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको मागबमोजिम विदेश जान अनुमति दिँदै बलात्कारको मुद्दामा काठमाडौँ जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्रयाक)तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ)का प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको थियो।