नेपाल र लाओसबीचको खेल आज हुँदै,घरेलु मैदानमा सुखद नतिजाको अपेक्षामा नेपाल

फाइल तस्वीर

काठमाडौं । सन् २०२६ मा हुने फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत प्रारम्भिक चरणको खेलमा नेपालल आज घरेलु मैदानमा लाओससँग खेल्दैछ।

होम एण्ड अवेका आधारमा हुने प्रारम्भिक चरणको पहिलो खेल काठमाडौंमा हुन लागेको हो । खेल त्रिपुरेश्वरस्थति दशरथ रंगशालमा साढे ५ बजे सुरु हुनेछ।

नेपाली फुटबलको भविष्यको लागि नै महत्वपूर्ण रहेको यस खेलको पहिलो खेलमा घरेलु दर्शकको अगाडि सुखद नतिजा ल्याउने नपालको अपेक्षा छ।

इटालियन प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले यस खेलका लागि एकदिनअघि २३ सदस्यीय टोली घोषणा गरेका थिए । जसमा अमृत श्रेष्ठ र सन्जिव विष्ट दुई नयाँ अनुहार छन्।

अनुभवी खेलाडीहरु विदेश पलायन हुने क्रम जारी हुँदा राष्ट्रिय टिममा अहिले युवा नायँ खेलाडीहरुको बाहुल्य छ। नेपाल र लाओसबीचको दोस्रो लेगको खेल १७ अक्टोबरमा लाओसको मैदानमा हुनेछ।

यस खेलको विजेता छनोट अन्तर्गत दोस्रो चरणमा प्रवेश गर्नेछन्। जहाँ ९ समूहमा ४-४ टिम हुनेछ र होम एण्ड अवेका आधारमा ६ खेल खेल्न पाउनेछ ।