क्रिकेटर सन्दिप लामिछाने विरुद्धको मुद्दा आज पनि स्थगित

काठमाडौं। क्रिकेटर सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ। जिल्ला अदालत काठमाडौंले गोला प्रक्रियाका क्रममा मुद्दा स्थगित भएको जनाएको छ।

जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले सन्दिप लामिछाने विरुद्धको मुद्दा रहेको फाँटको सबै मुद्दा स्थगित भएको बताए। उनले भने, ‘सरुवा भएर आउनुपर्ने सबै न्यायाधीशहरु आइपुग्नुभएको छैन। गोला तान्ने क्रममा त्यो फाँटको सबै मुद्दा स्थगित भएको हो।

बालिका बलात्कारको आरोप लागेका लामिछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ।