कांग्रेसको पदाधिकारी बैठक आकस्मिक सुरु

काठमाडौं। नेपाली कांग्रेसको आकस्मिक रूपमा पदाधिकारी बैठक बसेको छ।कोशी प्रदेश सरकार गठन प्रकियाले निम्त्याएको संकटको निकास खोज्नका लागि नेपाली कांग्रेस सभापति देउवाले बोलाएको बैठक भर्खरै सुरू भएको हो।

कोशी प्रदेशमा कांग्रेसका प्रभावशाली नेता शेखर कोइराला पक्षधरले विद्रोह गरेर केदार कार्कीको नेतृत्वमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री दाबी गरेको छ।

धुम्बाराहीस्थित सभापति देउवाको निवासमा बोलाइएको बैठकमा कोशी प्रदेशमा सरकार गठनसम्बन्धी विषयमा छलफल गरी आवश्यक निर्णय लिने तयारी गरिएको छ। कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्न साँझ ५ बजेसम्म निर्णय लिनु पर्नेछ।