मध्यावधि निर्वाचन रोक्न कांग्रेसलाई साथ दियौँ: अध्यक्ष ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न कांग्रेसको विद्रोही पक्षलाई सघाएर सरकार बनाइएको बताएका छन्।
आज प्युठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मध्यावधिमा जाँदा देशको आर्थिक अवस्थाले नधान्ने भएकाले सुझबुझ गरेर नै कांग्रेसलाई सरकार बनाउन सहयोग गरेको बताएका हुन्।
उनले भने, ‘कोशी प्रदेशमा कांग्रेसका केही सांसदहरूले किन विद्रोह गरे रु अचाक्ली भएपछि विद्रोह हुन्छ,किनभने कांग्रेसका नेताहरूले पुष्पकमल दाहालले जे भन्छन् त्यो मात्रै गरे।
उनले कोशीमा मध्यावधि हुने अवस्था सिर्जना भएपछि जोसुकैलाई सहयोग गरेर भए पनि मध्यावधिबाट एमालेले बचाएको बताए।कोशी प्रदेश मध्यावधिमा जाने अवस्था सिर्जना हुन लाग्यो हामी तयार थियौँ तर देशको आर्थिक अवस्था नाजुक छ’ओलीले भने, ‘यस्तो अवस्थामा एउटा प्रदेश मध्यावधिमा गयो भने देशमा ठुलो खतरा पनि हुनसक्छ भनेर मध्यावधिबाट जोगाउन यसपटक हामीले जोसुकैलाई सहयोग गरेर भए पनि रोक्यौ। कांग्रेसका विद्रोहीहरूलाई साथ समर्थन गर्यौ।