पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो।
भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजेलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ।
हेर्नुहोस् सूचनाः