देश जोगाउन संघीयता खारेज गर्नुपर्छ: नेता भीम रावल

फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले संघीयता खारेज गर्नुपर्ने बताएका छन्। देश जोगाउनका लागि अब संघीयता खारेज गर्नुपर्ने रावलले बताएका हुन्।

कालापानीमा भारतको हस्तक्षेप हुँदा पिन सरकार मौन रहेको र कोशी प्रदेशमा कुरूप राजनीति देखिएको भन्दै उनले आक्रोश व्यक्त गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली भूभाग कालापानीमा भारतीय प्रमको नाङ्गो हस्तक्षेप हुँदा सरकार मौन रहने तथा प्रमुख राजनीतिक दलहरूमा निहित सत्ता स्वार्थका लागि जस्तो चरित्र र व्यवहार देखिएको छ र जसको कुरूप कोशी प्रदेशमा देखियो, यदि यही नै संघीयताको मानक हो भने यस्तो संघीयता देश जोगाउन खारेज गरिनुपर्छ।