सेयर बजार दोहोरो अंकले बढ्यो
काठमाडौं। आज मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ। १३.१८ अंकले बढेको बजार १८६४.६२ विन्दुमा पुगेर रोकिएको छ। यो ०.७१ प्रतिशतको वृद्धि हो।
मंगलबार व्यापार, निर्जीवन बीमा, होटल तथा पर्यटन उपसूचकको मूल्य घट्दा अन्य सबै उपसूचकको मूल्य बढेको छ। यसमध्ये सबैभन्दा धेरै फाइनान्स उपसूचकको १.३० प्रतिशतले सेयर मूल्य बढेको छ।
मंगलबार कुल २८९ धितोपत्रको ४५ हजार ४५६ कारोबारबाट ३८ लाख १३ हजार २३३ कित्ता सेयर किनबेच भएको छ। यस दिन १ अर्ब ८४ लाख रुपैयाँको कारोबार भएको छ।
मंगलबार एनआईबीएल प्रगति फण्डका लगानीकर्ताले सबैभन्दा धेरै ७.३५ प्रतिशतले कमाए। साथै स्वेतगंगा हाइड्रोपावर, सिद्धार्थ इक्विटी फण्ड, मेगा म्युचुअल फण्ड, मिथिला लघुवित्त वित्तीय संस्थासहितका धितोपत्रको सेयर मूल्य समेत धेरैले बढेको छ।
मंगलबार हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै ८.५३ प्रतिशतले गुमाए । यसको मूल्य प्रतिकित्ता २६.५० रुपैयाँले घटेर २८४ रुपैयाँमा झरेको छ ।
सुपरमाइ हाइड्रो,हिमालयन लघुवित्त वित्तीय संस्था, प्रभु बैंक डिभेञ्चर, सानिमा ग्रोथ फण्डका लगानीकर्ताले समेत धेरै गुमाएका छन् ।