११ किलो सुन प्रकरण: काठमाडौंबाट थप १ जना पक्राउ
काठमाडौं । ११ किलो सुन तस्करी प्रकरणमा प्रहरीले थप १ जनालाई पक्राउ गरेको छ।प्रहरीले रसुवा घर भएका ३८ वर्षीय चेतनाथ न्यौपानेलाई पक्राउ गरेको हो।
न्यौपानेले तस्करी गरेर ल्याएको सुन किन्ने गरेको प्रहरीको अनुसन्धान खुलको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) नवराज अधिकारीले बताए।
दोलखाको सिंगटी र लामाबगरबाट बरामद गरिएको सुन तस्करीमा संलग्न आरोपमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ।
असोज ११ मा पहिलोपटक सिंगटीमा ४ किलो सुन भेटिएको थियो। त्यसपछि बिगु गाउँपालिका–३ स्थित सिंगटीबाट ३ किलो र तेस्रोपटक लामाबगरबाट ढुंगामुनि लुकाएर राखेको अवस्थामा थप ४ किलो सुन बरामद गरिएको छ।