तीन वटा जहाज खरिदका लागि निगमद्वारा टेन्डर आह्वान
काठमाडौं। नेपाल वायु सेवा निगमले तीनवटा जहाज खरिदका लागि टेन्डर आह्वान गरेको छ।
इन्टरनेसल कम्पिटिटिभ बिडिङ (आईसीबी) मार्फत निगमले जहाज खरिद गर्न लागेको हो।
आइतबार पहिलोपटक प्रकाशित गरेको सूचना अनुसार ५ डिसेम्बर २०२३ सम्ममा इच्छुक कम्पनीलाई आफ्नो प्रस्ताव पेस गर्न भनिएको छ।
निगमले सर्ट टेकअफ एन्ड ल्यान्डिङ गर्न मिल्ने तीनवटा सानो जहाज खरिद गर्न लागेको हो।